१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

केआईआईटीमा अर्को नेपाली विद्यार्थीको शंकास्पद मृत्यु


१९ बैशाख २०८२, शुक्रबार  

24
Shares

एजेन्सी । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

कम्प्युटर विज्ञान संकायकी प्रथम वर्षकी छात्रा प्रिसा साह बिहीबार साँझ होस्टेलको कोठामा मृत अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि स्थानीय प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरेको छ र शवलाई पोस्टमार्टमका लागि भुवनेश्वरस्थित एम्स अस्पतालमा पठाइएको छ। घटनाबारे मृतकको परिवार तथा नेपालस्थित भारतीय दूतावासलाई पनि जानकारी गराइएको बताइएको छ।

ओडिसा सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक छात्राको परिवारप्रति समवेदना जनाएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाएको छ। उक्त विश्वविद्यालयमा यसअघि पनि नेपाली विद्यार्थीको मृत्यु भइसकेको थियो। गत फागुन ४ गते नेपाली छात्रा प्रकृति लम्सालको शव होस्टेलमा फेला परेको घटनाले ठूलो चासो र त्रासको वातावरण सिर्जना गरेको थियो।

लगातार दुई नेपाली विद्यार्थीको मृत्युपछि सो विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच चिन्ता र असुरक्षा बढेको देखिन्छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था