काठमाडौं । आइतबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको प्रिमियर लिगको रोमाञ्चक भिडन्तमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ ले हराउँदै युइएफए च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाएको छ। खेलको सुरुवातमै घरेलु टोली चेल्सीले उत्कृष्ट लय देखायो। तेस्रो मिनेटमै एन्जो फर्नान्डेजले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ५६औँ मिनेटमा लिभरपुलका जारेल क्वान्साहले आत्मघाती गोल गरेपछि चेल्सीको अग्रता…