१ माघ २०८२, बुधबार । January 14, 2026

हेटौंडामा जमिन भासिएर गाडी बेपत्ता, घटनास्थलको अध्ययन गर्न भूगर्भविद टोली खटियो

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर बोलेरो पिकअप गाडी बेपत्ता भएको पाँच दिनपछि, खानी तथा भूगर्भ विभागको टोली घटनास्थलमा पुगेको छ। भूगर्भविद नारायण अधिकारीको नेतृत्वमा चार सदस्यीय टोलीले गाडी हराएको स्थानमा अध्ययन थालेको हो। टोलीका अनुसार भूबनोट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रसम्बन्धी विविध पक्षमा वैज्ञानिक अध्ययन गरिनेछ। घटनास्थलको माटोको…