१० श्रावण २०८३, आइतबार । July 27, 2026

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर


२४ बैशाख २०८२, बुधबार  

27
Shares

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले भारत–पाकिस्तानबीचको क्रिकेट सम्बन्ध पूर्ण रूपमा रोक्नुपर्ने बताएका छन्।

कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। गम्भीरले भने, मेरो व्यक्तिगत धारणा के हो भने, हामीले पाकिस्तानसँग कुनै पनि किसिमको क्रिकेट खेल्नु हुँदैन- न भारतमा, न पाकिस्तानमा, न त तटस्थ मैदानमा नै। जबसम्म आतंकवाद अन्त्य हुँदैन, तबसम्म खेलको कुनै औचित्य छैन।

अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकी हमलामा २६ जनाले ज्यान गुमाएका थिए। त्यसपछि भारत सरकारले पाकिस्तानविरुद्ध कूटनीतिक र आर्थिक कदमहरू चालेको छ, जसमा इन्डस वाटर सन्धि निलम्बन, अटारी नाका बन्द, र कूटनीतिक सम्बन्ध घटाउने निर्णयहरू सामेल छन्।

भारतले सन् २०१३ यता पाकिस्तानसँग कुनै दुईपक्षीय क्रिकेट श्रृंखला खेलेको छैन। यद्यपि, एसिया कप र आईसीसी प्रतियोगिताहरूजस्ता बहुपक्षीय टूर्नामेन्टहरूमा भने दुवै देशका टोलीहरू तटस्थ स्थानमा आमनेसामने भएका छन्। पछिल्लो पटक भारत र पाकिस्तान २०२५ को च्याम्पियन्स ट्रफीमा भिडेका थिए, जसमा भारत विजयी भएको थियो। गम्भीरले भावुक हुँदै भने, खेल फेरि पनि हुन्छ, तर जीवन फर्किँदैन।

हाम्रो पहिलो प्राथमिकता हाम्रा सैनिक र नागरिकको सुरक्षामा हुनुपर्छ। क्रिकेट वा अन्य कार्यक्रमभन्दा मानव जीवन महत्वपूर्ण हुन्छ। उनले सरकार र बीसीसीआईको निर्णय अन्तिम हुने बताउँदै यस विषयमा राजनीति नगरिनु पर्ने स्पष्ट गरे।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर