४ आश्विन २०८३, आइतबार । September 20, 2026

पाकिस्तानविरुद्धको कारबाहीपछि बोल्यो भारतः पत्रकार सम्मेलनमा के भन्यो ?


२४ बैशाख २०८२, बुधबार  

27
Shares

एजेन्सी । पाकिस्तान समर्थित आतंकवादी हमलाको जवाफस्वरूप भारतले ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गर्दै पाकिस्तान भित्र १०० किलोमिटरसम्म मिसाइल आक्रमण गरेको छ।

भारतको विदेश मन्त्रालयले आज बिहान पत्रकार सम्मेलन गर्दै यसबारे आधिकारिक जानकारी दिएको हो। विदेश सचिव विक्रम मिश्री, कर्नेल सोफिया कुरेशी र विङ कमाण्डर व्योमिका सिंहले संयुक्त रूपमा पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कारबाहीबारे विवरण प्रस्तुत गरे।

अनुसार, भारतीय सेनाले सोमबार राति १:०५ देखि १:३० बजेसम्म अपरेशन सञ्चालन गरेको थियो। सेनाले नौ वटा आतंकवादी गढविरुद्ध लक्षित आक्रमण गरेको जानकारी दिँदै, पाँच स्थान पाकिस्तान अधीकृत कश्मीर (POK) र चार स्थान पाकिस्तान भित्रै रहेको उल्लेख गरिएको छ। ती सबै स्थानहरूमा आतंकवादीहरू लुकेर बसेका थिए र तालिम केन्द्रका रूपमा प्रयोग भइरहेका थिए।

विदेश सचिव मिश्रीले उक्त कारबाहीको कारणबारे स्पष्ट पार्दै, “अप्रिल २२ मा पहलगाममा लश्कर-ए-तैयबाका आतंककारीहरूले पर्यटकहरूमाथि गरेको निर्मम आक्रमणपछि भारतले यो निर्णायक कदम चालेको हो,” भने। उक्त हमलामा २५ भारतीय नागरिक र एक नेपाली नागरिकको ज्यान गएको थियो।

उनले अगाडि थपे, “लक्षित गरिएको सबै स्थानहरू गुप्तचर सूचनाको आधारमा छनोट गरिएको थियो। कारबाहीको क्रममा सर्वसाधारणलाई क्षति नपुगोस् भन्नेमा विशेष ध्यान दिइएको थियो।” पत्रकार सम्मेलनमा पहलगाम, मुम्बई, संसद तथा पुलवामा आक्रमणका दृश्यहरू पनि प्रस्तुत गरिएका थिए। मिश्रीका अनुसार, पहलगाम आक्रमणको उद्देश्य जम्मु–कश्मीरमा पुनर्स्थापित भइसकेको सामान्य अवस्थालाई बिगार्नु, पर्यटनलाई असर पार्नु र धार्मिक तनाव भड्काउनु थियो।

भारतले आफूलाई ‘प्रतिरोध मोर्चा’ भन्ने समूहले आक्रमणको जिम्मेवारी लिएको भन्दै, उक्त समूह लश्कर-ए-तैयबासँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाण प्रस्तुत गरेको छ। संयुक्त राष्ट्र संघलाई पनि यसबारे जानकारी दिइएको छ। सचिव मिश्रीले पाकिस्तानमा आतंककारीहरूको सुरक्षित आश्रय कायम रहेको आरोप लगाउँदै भने, “साजिद मीर जस्ता आतंककारीहरूलाई पाकिस्तानले पहिले मरेको भनी दावी गरेको थियो, तर पछि अन्तर्राष्ट्रिय दबाबपछि उनी जीवित भेटिए – यो आफैंमा पाकिस्तानको आतंककारी सम्बन्धको प्रमाण हो।”

अन्तमा उनले जोड दिए, “भारतले सन्तुलित तर प्रभावकारी कदम चालेको हो। यो कुनै उत्तेजनामा आधारित नभई, सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको प्रतिकार हो।”

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली