९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

पाकिस्तानविरुद्धको कारबाहीपछि बोल्यो भारतः पत्रकार सम्मेलनमा के भन्यो ?



एजेन्सी । पाकिस्तान समर्थित आतंकवादी हमलाको जवाफस्वरूप भारतले ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गर्दै पाकिस्तान भित्र १०० किलोमिटरसम्म मिसाइल आक्रमण गरेको छ।

भारतको विदेश मन्त्रालयले आज बिहान पत्रकार सम्मेलन गर्दै यसबारे आधिकारिक जानकारी दिएको हो। विदेश सचिव विक्रम मिश्री, कर्नेल सोफिया कुरेशी र विङ कमाण्डर व्योमिका सिंहले संयुक्त रूपमा पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कारबाहीबारे विवरण प्रस्तुत गरे।

अनुसार, भारतीय सेनाले सोमबार राति १:०५ देखि १:३० बजेसम्म अपरेशन सञ्चालन गरेको थियो। सेनाले नौ वटा आतंकवादी गढविरुद्ध लक्षित आक्रमण गरेको जानकारी दिँदै, पाँच स्थान पाकिस्तान अधीकृत कश्मीर (POK) र चार स्थान पाकिस्तान भित्रै रहेको उल्लेख गरिएको छ। ती सबै स्थानहरूमा आतंकवादीहरू लुकेर बसेका थिए र तालिम केन्द्रका रूपमा प्रयोग भइरहेका थिए।

विदेश सचिव मिश्रीले उक्त कारबाहीको कारणबारे स्पष्ट पार्दै, “अप्रिल २२ मा पहलगाममा लश्कर-ए-तैयबाका आतंककारीहरूले पर्यटकहरूमाथि गरेको निर्मम आक्रमणपछि भारतले यो निर्णायक कदम चालेको हो,” भने। उक्त हमलामा २५ भारतीय नागरिक र एक नेपाली नागरिकको ज्यान गएको थियो।

उनले अगाडि थपे, “लक्षित गरिएको सबै स्थानहरू गुप्तचर सूचनाको आधारमा छनोट गरिएको थियो। कारबाहीको क्रममा सर्वसाधारणलाई क्षति नपुगोस् भन्नेमा विशेष ध्यान दिइएको थियो।” पत्रकार सम्मेलनमा पहलगाम, मुम्बई, संसद तथा पुलवामा आक्रमणका दृश्यहरू पनि प्रस्तुत गरिएका थिए। मिश्रीका अनुसार, पहलगाम आक्रमणको उद्देश्य जम्मु–कश्मीरमा पुनर्स्थापित भइसकेको सामान्य अवस्थालाई बिगार्नु, पर्यटनलाई असर पार्नु र धार्मिक तनाव भड्काउनु थियो।

भारतले आफूलाई ‘प्रतिरोध मोर्चा’ भन्ने समूहले आक्रमणको जिम्मेवारी लिएको भन्दै, उक्त समूह लश्कर-ए-तैयबासँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाण प्रस्तुत गरेको छ। संयुक्त राष्ट्र संघलाई पनि यसबारे जानकारी दिइएको छ। सचिव मिश्रीले पाकिस्तानमा आतंककारीहरूको सुरक्षित आश्रय कायम रहेको आरोप लगाउँदै भने, “साजिद मीर जस्ता आतंककारीहरूलाई पाकिस्तानले पहिले मरेको भनी दावी गरेको थियो, तर पछि अन्तर्राष्ट्रिय दबाबपछि उनी जीवित भेटिए – यो आफैंमा पाकिस्तानको आतंककारी सम्बन्धको प्रमाण हो।”

अन्तमा उनले जोड दिए, “भारतले सन्तुलित तर प्रभावकारी कदम चालेको हो। यो कुनै उत्तेजनामा आधारित नभई, सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको प्रतिकार हो।”

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी