२७ असार २०८३, शनिबार । July 11, 2026

आईपीएलः मुम्बईलाई हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा


२४ बैशाख २०८२, बुधबार  

66
Shares

एजेन्सी । वानखेडे रंगशालामा मंगलबार भएको वर्षाले प्रभावित रोचक खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई तीन विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा छलाङ मारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनायो। जवाफी इनिङ खेल्दै गर्दा वर्षाका कारण खेल पटक–पटक रोकिएको थियो। डकवर्थ लुइस प्रणालीअनुसार लक्ष्य समायोजन गरिँदा गुजरातलाई १९ ओभरमा १४७ रन आवश्यक पर्ने तय भयो। खेलको अन्तिम चरण झनै रोमाञ्चक बनेको थियो। अन्तिम ओभरमा गुजरातलाई १५ रन चाहिएको थियो।

मुम्बईका बलर दीपक चाहरले पहिलो तीन बलमै चौका र छक्का खाँदा खेल गुजरातको पक्षमा झुकेको देखियो। अन्तिम बलमा १ रन आवश्यक थियो, तर मुम्बईले रनआउट गर्ने अवसर गुमाउँदा गुजरातले जित हात पारेको हो। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ४३ रनको योगदान दिए। त्यस्तै जस बटलरले ३० तथा शेर्फान रदरफर्डले २८ रन बनाए। मुम्बईका बलरहरू जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, र अश्वनी कुमारले दुई–दुई विकेट लिँदा दीपक चाहरले एक विकेट झारे।

मुम्बईका तर्फबाट विल ज्याक्सले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ५३ रन जोडे भने सूर्यकुमार यादवले ३५ रन बनाए। गुजरातका लागि साई किशोरले सर्वाधिक दुई विकेट लिए। यस जितसँगै गुजरातले ११ खेलमा आठ जितसहित १६ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ। मुम्बई भने १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ।

आईपीएलअन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स आमने–सामने हुनेछन्।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर