२० श्रावण २०८३, बुधबार । August 5, 2026

‘हिमालयन चितुवा’ अविरल घिमिरेले जिते ‘के वन क्रस १७५’को उपाधि

काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै नेपाललाई गौरवान्वित बनाएका छन्। ‘हिमालयन चितुवा’ को उपनामले चिनिने घिमिरे पहिलो पटक तीनवटा अन्तर्राष्ट्रिय किक बक्सिङ टाइटल जित्ने नेपाली खेलाडी बनेका हुन्। जापानको ओसाका सहरमा हालै सम्पन्न ‘के वान क्रस १७५’ प्रतियोगितामा उनले जापानी च्याम्पियन ओडा जिन्कलाई दोस्रो राउन्डमै पराजित गर्दै…