८ आश्विन २०८३, बिहिबार । September 24, 2026

रविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने, मंगलबार नयाँ पेसी तोकियो


५ जेष्ठ २०८२, सोमबार  

12
Shares

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार पनि सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतले अब उक्त रिटको सुनुवाइका लागि मंगलबार नयाँ मिति तोकेको छ। यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले मुद्दा ‘हेर्न मिल्ने’ इजलासमा पठाउन आदेश दिएको थियो। सोही आदेशअनुसार सोमबारको लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ तय गरिएको थियो।

तर, उक्त इजलासले पनि आफूहरूले यो मुद्दा ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ नगर्ने निर्णय लिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। स्रोतका अनुसार, रवि लामिछानेको पक्षबाट बहस गर्ने कानुन व्यवसायीमध्ये कोही न्यायाधीशका नातेदार परेका कारण निष्पक्षताको आधारमा सुनुवाइ स्थगित गरिएको हो।

अब मंगलबार नयाँ इजलासमा मुद्दा पेश गरिने जानकारी सर्वोच्च प्रशासनले दिएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  २ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको