२ असार २०८२, सोमबार । June 16, 2025

आईपीएल २०२५ः हैदराबादसँगको हारसँगै लखनउको प्लेअफ यात्रा टुंगियो



काठमाडौं । सोमबारको खेलमा सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएपछि लखनउ सुपर जायन्ट्सको आईपीएल २०२५ को प्लेअफ यात्रा समाप्त भएको छ।

पहिले नै प्लेअफ दौडबाट बाहिरिसकेको हैदराबादले २०६ रनको चुनौतीलाई १८.२ ओभरमै ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो। हैदराबादका ओपनर अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाए। हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ रन तथा कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाए। लखनउका लागि दिग्वेश राथीले २ र विलियम ओरोर्कले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। ओपनर मिचल मार्शले ६५ रन र एइडेन मार्करमले ६१ रनको योगदान दिए। निकोलस पूरनले पनि आक्रामक ४५ रन जोडे। यो नतिजासँगै हैदराबादले १३ खेलमा ९ अंक बनाउँदै आठौं स्थानमा रहँदा, लखनउ १२ खेलबाट १० अंकसहित सातौं स्थानमा सीमित रहँदै प्लेअफको दौडबाट बाहिरिएको छ।

अब बाँकी खेलहरूमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्समध्ये कुनै एक टोलीले अन्तिम प्लेअफ स्थान सुरक्षित गर्नेछ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ८ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही

इजराइली हमलामा इरानका सैन्य प्रमुखको मृत्यु, प्रतिकारको तयारीमा इरान

एजेन्सी । इजराइलले इरानमाथि गरेको हवाई आक्रमणमा इरानका उच्च सैन्य