४ असार २०८३, बिहिबार । June 18, 2026

आईपीएल २०२५ः हैदराबादसँगको हारसँगै लखनउको प्लेअफ यात्रा टुंगियो


६ जेष्ठ २०८२, मंगलबार  

42
Shares

काठमाडौं । सोमबारको खेलमा सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएपछि लखनउ सुपर जायन्ट्सको आईपीएल २०२५ को प्लेअफ यात्रा समाप्त भएको छ।

पहिले नै प्लेअफ दौडबाट बाहिरिसकेको हैदराबादले २०६ रनको चुनौतीलाई १८.२ ओभरमै ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो। हैदराबादका ओपनर अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाए। हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ रन तथा कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाए। लखनउका लागि दिग्वेश राथीले २ र विलियम ओरोर्कले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। ओपनर मिचल मार्शले ६५ रन र एइडेन मार्करमले ६१ रनको योगदान दिए। निकोलस पूरनले पनि आक्रामक ४५ रन जोडे। यो नतिजासँगै हैदराबादले १३ खेलमा ९ अंक बनाउँदै आठौं स्थानमा रहँदा, लखनउ १२ खेलबाट १० अंकसहित सातौं स्थानमा सीमित रहँदै प्लेअफको दौडबाट बाहिरिएको छ।

अब बाँकी खेलहरूमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्समध्ये कुनै एक टोलीले अन्तिम प्लेअफ स्थान सुरक्षित गर्नेछ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा