३ आश्विन २०८३, शनिबार । September 20, 2026

‘धिम धिम मुटु’: मुटुको स्पन्दनमा लुकेको एक्लोपनको पीडा


६ जेष्ठ २०८२, मंगलबार  

21
Shares

काठमाडौं । गीतकार राजन रुमानीको नयाँ भावनात्मक गीत ‘धिम धिम मुटु चल्छ’ सार्वजनिक भएको छ।

एकान्त, पीडा र जीवनको अन्त्यतिरको यथार्थतालाई उजागर गर्ने यस गीतमा गायक नरेन्द्र प्यासीले स्वर र सङ्गीत दिएका छन्। “धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले। हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले।” — यी मार्मिक हरफहरू जीवनको एक्लोपन, अव्यक्त पीडा र बिस्तारै गुड्ने समयको चित्रण हुन्। गीतमा आत्मीयता र संवेदनालाई गहिरो रूपमा अभिव्यक्त गरिएको छ।

भिडिओमा नवीन लम्साल, शारदा अधिकारी र सरोज शाहले मुख्य भूमिका निर्वाह गरेका छन् भने निर्देशन निहाल नरेन सिंहले गरेका छन्। सविन अधिकारी सह–निर्देशकको भूमिकामा छन्। ‘धिम धिम मुटु’ गीत रुमानी क्रियशन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गीतकार रुमानी यसअघि ‘कल कल मुया’ जस्ता भावनात्मक गीतमार्फत श्रोतामाझ पहिचान बनाइसकेका छन्।

यो गीतले एकपटक फेरि दर्शक–श्रोतालाई जीवनको गहिरो पक्षसँग जोड्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली