काठमाडौं । रूपन्देही कारागारमा ४२ दिनदेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा अन्ततः सोमबार सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतमा यसअघि पाँच पटकसम्म ‘हेर्न नमिल्ने’ सूचीमा परिरहेको उक्त मुद्दा सोमबार भने ‘हेर्न मिल्ने’ इजलासमा परेको छ। आइतबार न्यायाधीश डा। मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा मुद्दा फेरि…