१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल


६ जेष्ठ २०८२, मंगलबार  

69
Shares

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्यान्डसँग ७८ रनको हार बेहोरेको छ।

यद्यपि यस हारले नेपालको ऐतिहासिक उपलब्धिमा कुनै असर गरेको छैन, किनभने नेपालले यसअघि नै शीर्ष दुईमा स्थान बनाउँदै विश्वकपको विश्व छनोटमा प्रवेश पक्का गरिसकेको छ। मंगलबार टस जितेर फिल्डिङ रोजेको नेपालले थाइल्यान्डलाई २ विकेटको क्षतिमा १५८ रनमा सीमित गर्न सकेन।

थाइल्यान्डका लागि ओपनर नतायाले ४२ बलमा ५ चौकासहित ५० रन बनाइन् भने अर्की ओपनर अपिसाराले २९ रन र ननापतले नटआउट ५० रनको योगदान दिइन्। नेपालका लागि मनिषा उपाध्याय र राजमति ऐरीले समान रूपमा १-१ विकेट लिए। १५९ रनको विशाल लक्ष्य पछ्याउन उत्रेको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ८० रनमा सीमित भयो। कविता कुँवरले २४ रन, राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाइन्। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

थाइल्यान्डकी बलर ओनिचाले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक सहित ४ विकेट लिइन्। उनले १९औं ओभरमा रोमा थापा, इश्वरी विष्ट र रिया शर्मालाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरिन्। थाइल्यान्डले सुपर-३ चरणको सबै खेल जित्दै एसिया छनोटको उपाधि जितेको छ। नेपालले भने सोमबार युएईलाई ५ विकेटले हराउँदै विश्व छनोटमा स्थान सुरक्षित गरिसकेको थियो।

यो नेपालको पहिलो पटक महिला टी-२० विश्वकपको विश्व छनोटमा प्रवेश हो। अब नेपालले सन् २०२५ मै हुने विश्व छनोट खेल्नेछ, जहाँ १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। तीमध्ये शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपाल महिला टोलीका लागि यो ऐतिहासिक उपलब्धि हो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १२ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली