काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन् । जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अब सडकबाट खुल्ला रूपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्ने बताए । नयाँ प्रकारको जनयुद्धबाटै नयाँ समाज स्थापित गर्ने उनको भनाई छ । उनले मुलुकलाई…