२ बैशाख २०८३, बुधबार । April 16, 2026

सुरक्षा अभिनीत चलचित्र ‘बहाव’ चैत २४ मा आउने


२ फाल्गुन २०७९, मंगलबार  

6
Shares

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत नेपाली चलचित्र ‘बहाव’को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि निर्माण पक्षले घोषणा गरेको छ। अभिनेत्री पन्त र अभिनेता नेपालको मुख्य भूमिका रहेको फिल्म आगामी चैत २४ मा प्रदर्शनमा आउने भएको छ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको चलचित्रको पोस्टरमा अभिनेत्री पन्तले सुगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन् ।

हातमा रहेको पिँजडाभित्रको सुगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ। फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित रहेका निर्माण पक्षले जनाएको छ। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतीमा बनेको यो चलचित्रको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित रहेको बताईएको छ ।

निर्देशक कँडेलले यो चलचित्रको बिषय नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए । चलचित्रका निर्माता श्रीधर पौडेल हुन् । चलचित्रमा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व