११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

विश्वविद्यालयमा गोलीचल्दा तीन जना मारिए


२ फाल्गुन २०७९, मंगलबार  

6
Shares

एजेन्सी । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ ।

विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेकोा थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेवित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारी साधन विश्वविद्यालय पुगेका थिए । यसैबीच, एशोशिएटेड प्रेसका अनुसार आक्रमणकारी पनि मारिएको छ ।

चार घण्टासम्म विश्वविद्यालयको वातावरण तनावग्रस्त भएको थियो । आक्रमणकारी मारिएको खबर प्रहरीले आज सार्वजनिक गरेको हो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन ।

निजको विश्वविद्यालयसँगको संलग्नताबारे केही उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म