५ आश्विन २०८३, सोमबार । September 21, 2026

ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न निर्देश


२ फाल्गुन २०७९, मंगलबार  

6
Shares

काठमाडौं । सोमबार यातायात मजदुरको आन्दोलनमा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्ने गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

सोमबार आन्दोलनकारीको एक समूहले ल्होत्से मलमा सञ्चालित पसलबाट मोवाइल लुटपाट गरेका थिए । उनीहरुले लुटपाट गरेको भिडियोहरु समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आज (मंगलबार) गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

सोमबार मलबाट आठ करोडभन्दा बढीको सामन लुटिएको व्यावसाहीले जनाएका छन् । सोमबार नयाँ बसपार्कको ब्यवस्थापन लिएको ल्होत्से समूहले यातायात व्यवसायीमाथि हातपात गरेको भन्दै उक्त समूहको मलमा आन्दोलनकारीले तोडफोड गरेका थिए । त्यसैबेला आन्दोलनकारीले करोडौंको सामान चोरी भएको ल्होत्से मलका व्यवसायीहरुको भनाइ छ ।

सीसीटिभी फुटेजको आधारमा लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा