२६ माघ २०८१, शनिबार । February 8, 2025

कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई बोलाइयो फिर्ता

काठमाडौं । गृहमन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएकाहरुलाई फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार विशिष्ट व्यक्तिको सुरक्षामा सरकारले आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने गरेको छ।