८ कार्तिक २०८३, आइतबार । October 25, 2026

बिहिबार नेप्सेमा झिनो अङ्कको गिरावट


४ श्रावण २०८०, बिहिबार  

6
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ को कारोबार भएको छ ।

यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । बैंकिङ समूह एक दशमलव २५, विकास बैंक १० दशमलव ९६, जलविद्युत् २२ दशमलव ३८, उत्पादन तथा प्रशोधन ८२ दशमलव ०२ र व्यापार समूह एक सय ७७ दशमलव ६६ अङ्कले बढेका छन् ।

साथै निर्जीवन बीमा समूह एक सय ३२ दशमलव ०७ र जीवन बीमा समूहको उपसूचक एक सय २२ दशमलव ०६ अङ्कले घटेका छन् । त्यस्तै वित्त समूह १५ दशमलव ६९, होटल तथा पर्यटन समूह २१ दशमलव ४६, लगानी शून्य दशमलव ३२, लघुवित्त २५ दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव १८ अङ्कले घटेका छन् ।

आजको कारोबारमा विशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फन्ड–२ र कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड २३ लाख १७ हजार ८७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको तीन लाख ३० हजार एक सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि