१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एसिसी इमर्जिङ टिम्स एसिया कपः नेपालले युएइलाई हरायो


३ श्रावण २०८०, बुधबार  

6
Shares

एजेन्सी । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।

श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको योगदान दिएका हुन् ।

त्यसैगरी देव खनाल र सन्दिप जोराले समान २४-२४ रनको योगदान दिए । गुल्सन झाले ११ रन जोडे । कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसिले अविजित ८ रन बनाए । कुशल मल्ल २ रनमा अविजित रहे । बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे । कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए । यसखेलसँगै नेपाल र युएइको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ