६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

एसिसी इमर्जिङ टिम्स एसिया कपः नेपालले युएइलाई हरायो


३ श्रावण २०८०, बुधबार  

6
Shares

एजेन्सी । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।

श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको योगदान दिएका हुन् ।

त्यसैगरी देव खनाल र सन्दिप जोराले समान २४-२४ रनको योगदान दिए । गुल्सन झाले ११ रन जोडे । कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसिले अविजित ८ रन बनाए । कुशल मल्ल २ रनमा अविजित रहे । बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे । कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए । यसखेलसँगै नेपाल र युएइको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि