३० चैत्र २०८२, सोमबार । April 13, 2026

त्रिदेशीय टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। ग्लासग्लोस्थित तितवूड क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जित्दै विपक्षी टोलीलाई ब्याटिङको निम्तो दिएका हुन्। यसै सिरिजअन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरिसकेको छ। एकदिवसीय क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेका नेपाली खेलाडीहरूले…