२३ बैशाख २०८३, बुधबार । May 6, 2026

नेपालको ऐतिहासिक उपलब्धि : आज खेल्दैछ १००औं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल


२ असार २०८२, सोमबार  

69
Shares

काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा आज एक महत्वपूर्ण दिन रहेको छ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेल नेपाली क्रिकेटको यो ऐतिहासिक उपलब्धि बन्न लागेको हो। नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको यात्रा सन् २०१४ मा हङकङविरुद्ध खेलेको खेलबाट सुरू गरेको थियो, जसमा नेपाल विजयी भएको थियो।

त्यसयता नेपालले ९९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ५५ खेलमा जित हासिल गरेको छ। ३९ खेलमा हार बेहोरेको छ भने २ खेल बराबरीमा र ३ खेल नतिजाविहीन भएका छन्। टीमका नियमित सदस्यहरू सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरीले हालसम्म सर्वाधिक ७८ खेल खेलिसकेका छन्।

तीमध्ये सोमपालले नेपालको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमै सहभागीता जनाएका थिए, तर हालै चोटका कारण उनी यो शृङ्खलाबाट बाहिर छन्। नेपालका लागि अहिलेसम्म कुल ४९ खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। पछिल्लो खेलाडीको रूपमा नन्दन यादवले हालै नेपालबाट डेब्यु गरेका थिए।

आजको खेल बेलुकी पौने ८ बजे सुरु हुने तालिका रहेको छ। शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई हराएको थियो। अब नेपाल आफ्नो सयौं खेलमा विजय हासिल गर्दै यो ऐतिहासिक दिनलाई स्मरणीय बनाउन चाहन्छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट