१ कार्तिक २०८३, आइतबार । October 19, 2026

ग्वार्को फ्लाईओभर सञ्चालनको अन्तिम तयारी, असार ६ गतेदेखि सवारी गुड्ने


२ असार २०८२, सोमबार  

108
Shares

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर अब चार दिनपछि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।

मुख्य संरचनाको निर्माण कार्य सकिएसँगै सवारीसाधन सञ्चालनको अन्तिम तयारी तीव्र गतिमा अगाडि बढाइएको छ। फ्लाईओभरको औपचारिक उद्घाटन असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने तय भएको छ। उद्घाटन समारोहपछि उक्त फ्लाईओभर सवारीका लागि खुला गरिनेछ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभागको प्राविधिक टोलीसहित फ्लाईओभरको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले छिटोभन्दा छिटो सवारी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार, फ्लाईओभरको मुख्य संरचना पूरा भइसकेको छ।

अब लेन सेपरेटर राख्ने, पेन्टमार्फत लाइनिङ गर्नेजस्ता अन्तिम तयारीका कामहरू सम्पन्न भएपछि फ्लाईओभर सवारीका लागि पूर्ण रूपमा तयार भएको छ। फ्लाईओभर सञ्चालनमा आएपछि ग्वार्को क्षेत्रमा बढ्दो ट्राफिक जाम न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि