२५ भदौ २०८३, बिहिबार । September 11, 2026

ग्वार्को फ्लाईओभर सञ्चालनको अन्तिम तयारी, असार ६ गतेदेखि सवारी गुड्ने


२ असार २०८२, सोमबार  

108
Shares

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर अब चार दिनपछि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।

मुख्य संरचनाको निर्माण कार्य सकिएसँगै सवारीसाधन सञ्चालनको अन्तिम तयारी तीव्र गतिमा अगाडि बढाइएको छ। फ्लाईओभरको औपचारिक उद्घाटन असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने तय भएको छ। उद्घाटन समारोहपछि उक्त फ्लाईओभर सवारीका लागि खुला गरिनेछ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभागको प्राविधिक टोलीसहित फ्लाईओभरको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले छिटोभन्दा छिटो सवारी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार, फ्लाईओभरको मुख्य संरचना पूरा भइसकेको छ।

अब लेन सेपरेटर राख्ने, पेन्टमार्फत लाइनिङ गर्नेजस्ता अन्तिम तयारीका कामहरू सम्पन्न भएपछि फ्लाईओभर सवारीका लागि पूर्ण रूपमा तयार भएको छ। फ्लाईओभर सञ्चालनमा आएपछि ग्वार्को क्षेत्रमा बढ्दो ट्राफिक जाम न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated