काठमाडौं । नेपाली क्रिकेट इतिहासमा एक नयाँ अध्याय थपिँदैछ। नेपालले पहिलोपटक दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा तीन खेलको टी–२० श्रृंखला आयोजना हुने जानकारी दिएको हो। यो ऐतिहासिक सिरिज २०२५ सेप्टेम्बर २७, २८ र ३० तारिखमा…