२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

शेयर बजार ओरालो, कारोबार रकम पनि घट्यो


३ असार २०८२, मंगलबार  

15
Shares

काठमाडौं । एक दिनको सुधारपछि आज पुनः नेपाल शेयर बजार ओरालो लागेको छ।

नेप्से परिसूचक आज ३.९० अंकले घटेर २,६५४.७५ विन्दुमा झरेको छ। आजको कारोबारमा जलविद्युत्, लघुवित्त र व्यापार समूह बाहेक बाँकी सबै समूहमा गिरावट देखिएको छ। विशेषगरी होटल तथा पर्यटन समूह सबैभन्दा बढी प्रभावित भयो, जसको सूचक १.५ प्रतिशतभन्दा बढीले घट्यो।

बीमा कम्पनीको प्रदर्शन कमजोर

आज गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर मूल्यमा उल्लेखनीय गिरावट आएको छ। कम्पनीको शेयर मूल्य ४.५ प्रतिशतभन्दा बढीले घटेको छ, जसले बीमा क्षेत्रको समग्र प्रदर्शनमा दबाव बढाएको छ।

प्योर इनर्जीको शेयरमा उत्साह

बजार ओरालो लागे पनि प्योर इनर्जी डेभलपमेन्ट कम्पनी आजको कारोबारमा चम्कियो। कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको बम्पर वृद्धि भएको छ, जसले लगानीकर्तामा आंशिक सकारात्मकता ल्याएको देखिन्छ।

कारोबार रकममा समेत गिरावट

कारोबार रकम हिजोको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। हिजो १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो भने आज जम्मा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार मात्र भएको छ।

आज ३०६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ