१३ श्रावण २०८३, बुधबार । July 30, 2026

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा मोठमा सारिंदै


२२ असार २०८२, आइतबार  

24
Shares

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आषाढ शुक्ल एकादशीका दिनदेखि विशेष धार्मिक अनुशासन र भक्तिपूर्वक गरिने चतुर्मास व्रतको शुभारम्भ हुने परम्परा छ।

यही दिनबाट तुलसीको मोठमा विशेष पूजा र सेवा आरम्भ गरिन्छ, जुन कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म निरन्तर चल्ने गर्दछ। एक महिनाअघि, ज्येष्ठ शुक्ल एकादशीमा घरघरमा राखिएका दलका बिरुवाहरू आज तुलसीको मोठमा सारिन्छन्। तुलसीलाई भगवान् विष्णुको प्रतीकको रूपमा मानिन्छ, र चतुर्मासभरि भगवानको प्रतिनिधिजस्तो गरेर पूजाआजा गरिन्छ।

धर्मशास्त्रअनुसार, आजदेखि चार महिनासम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने विश्वास गरिन्छ, जसका कारण आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही चार महिनाको अवधिलाई चतुर्मास पनि भनिन्छ, जसमा धर्म, ब्रह्मचर्य, व्रत र साधनामा विशेष जोड दिइन्छ। एक वर्षमा २४ वटा एकादशी पर्ने भए पनि धेरैले चतुर्मासका आठवटा एकादशीमा मात्र व्रत बस्ने चलन छ।

समय अभाव वा शारीरिक कारणले गर्दा सबै व्रत गर्न नसक्नेहरूका लागि हरिशयनी एकादशी र हरिबोधिनी एकादशी विशेष महत्त्व राख्छन्। यी दुई दिन व्रत बसेर धर्मलाभ लिने परम्परा रहिआएको छ। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण र देशभरका प्रमुख विष्णु मन्दिरमा श्रद्धालुको भिड लागेको छ। यस दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो जस्ता फलाहार गरेर व्रत बस्ने गरिन्छ।

आधुनिक विज्ञानका अनुसार पनि तुलसी अक्सिजन उत्पादन गर्ने उत्तम बिरुवा हो। यसमा औषधीय गुणसमेत हुन्छन्, जसले विभिन्न रोगहरू नियन्त्रणमा ल्याउन सहयोग पुर्‍याउँछ। तुलसीको मोठ भएको स्थानमा हावामा शुद्धता पाइने र रोग सार्ने कीटाणुहरू टाढा रहने विश्वास छ। वास्तुशास्त्र अनुसार पनि घरमा तुलसीको मोठ राख्दा सकारात्मक ऊर्जा प्रसारित हुने मानिन्छ।

चतुर्मासको समापन कार्तिक शुक्ल एकादशीका दिन तुलसी र भगवान् दामोदर (विष्णु) को वैदिक विवाह गराएर गरिन्छ। यसलाई तुलसी विवाह भनिन्छ। त्यस अवसरमा विशेष पूजाआजा, अग्निस्थापन र हवन गरेर चतुर्मास व्रतको समापन गरिन्छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १० : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर