२३ असार २०८२, सोमबार । July 8, 2025

स्वेदश फर्कँदै नेपाली महिला फुटबल टोली



काठमाडौं । एएफसी महिला एसियन कप छनोट अभियान सकेर नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार बिहान स्वदेश फर्किंदैछ।

ज्बेकिस्तानबाट यात्रामा निस्किएको टोली अहिले युएईको शारजाहमा ट्रान्जिटमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गर्दै शानदार सुरुआत गर्यो। तर निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँगको प्रतिस्पर्धामा नेपालले दुर्भाग्यपूर्ण हार भोग्नुपर्‍यो।

३–१ को अवस्थाबाट पुनरागमन गर्दै ३–३ को बराबरी गरेपनि, टाइब्रेकर अर्थात् पेनाल्टी सुटआउटमा नेपाल चुक्यो र एसियन कपको यात्रा यहीँ समाप्त भयो। यद्यपि, खेलाडीहरूको जोश, संघर्ष र प्रतिबद्धताले नेपाली फुटबलको भविष्यमा आशा र आत्मविश्वास थपेको छ।

स्वदेश फर्किँदै गरेको टोलीलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले