काठमाडौं । फिफा क्लब विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’को रोमाञ्चक खेलमा १० खेलाडीमा सीमित रियल मड्रिडले मेक्सिकन क्लब पाचुकामाथि ३–१ को सानदार जित निकालेको छ। खेलको सुरुवातमै दबाबमा परेको रियल मड्रिडका राउल एसेन्सियोले सातौं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा झरेको थियो। यद्यपि, संख्यात्मक घाटीको बाबजुद रियलले उत्कृष्ट लय समाउँदै खेलमा नियन्त्रण कायम राख्यो।…