४ असार २०८३, बिहिबार । June 18, 2026

साफ यु–१७ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल भारतसँग


२६ असार २०८२, बिहिबार  

585
Shares

काठमाडौं । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमथाङ रंगशालामा आगामी अगस्ट २० देखि सुरु हुने साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार प्रतियोगिताको कार्यक्रम सार्वजनिक गरेको हो। चार राष्ट्र सहभागी हुने यस प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ। यो खेल दिउँसो ३ बजे हुनेछ भने त्यसै दिन साँझ ६ बजे आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

डबल राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। प्रतियोगिता आगामी अगस्ट ३१ सम्म सञ्चालन हुनेछ। तल्लो उमेर समूहको यो प्रतियोगिता यसपटक सातौं संस्करणमा प्रवेश गरेको हो। नेपालले अहिलेसम्म एक पटक मात्र उपाधि जितेको छ।

सन् २०२२ मा बंगलादेशमा सम्पन्न यु–१५ महिला च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको थियो। त्यस प्रतियोगितामा नेपाली टोलीले घरेलु टोली बंगलादेश र भुटानलाई पछि पार्दै उपाधि उचालेको थियो।

यसपटकको यु–१७ च्याम्पियनसिपमा नेपाली टोलीको प्रदर्शनप्रति फुटबल समर्थकहरूको विशेष चासो रहनेछ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा