काठमाडौं । स्पेनिस फुटबल जायन्ट रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। गएराति सम्पन्न अन्तिम १६ को रोमाञ्चक भिडन्तमा रियलले इटालियन क्लब युभेन्ट्सलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। रियल मड्रिडका लागि खेलको निर्णायक क्षण दोस्रो हाफमा आयो। ५४औं मिनेटमा गोन्जालो गार्सियाले…