२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

रौनकको धुवाँधार शतकसहित नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य


१७ असार २०८२, मंगलबार  

105
Shares

काठमाडौं । मलेसियामा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानविरुद्ध सानदार प्रदर्शन गर्दै ५ विकेटको क्षतिमा ३५८ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवास्तव स्टार बने। उनले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रनको शानदार पारी खेले। उनी अन्तिम ओभरमा आउट भए पनि त्यसअघिको धैर्य र आक्रामकता नेपाली पारीको मेरुदण्ड बन्यो। जय थापाले पनि जिम्मेवारीपूर्ण पारी खेल्दै ६७ बलमा ७ चौकासहित नटआउट ६१ रनको योगदान दिए।

नेपालको सुरुवात भने कमजोर रह्यो। ओपनर परिमार्जन यादव २ रनमै र प्रसिद्ध जैशी ७ रनमै पेभिलियन फर्किए। दुवैलाई भुटानका सांगे दर्जीले बोल्ड गरे। तर त्यसपछि शिवान्स बजाइले सन्तुलन कायम राख्दै ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रन थपे। यसअघि नेपाल समूह चरणका तीनै खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान र तेस्रोमा इन्डोनेसियामाथि ३७० रनको विशाल जित निकाल्दै नेपालले प्रभावशाली यात्रा तय गरेको हो। अब नेपाल असार १९ गते सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्नेछ। अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता सिंगापुर आमनेसामने हुनेछन्।

फाइनल मिति असार २१ मा तय गरिएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ