३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

फिफा क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा


१८ असार २०८२, बुधबार  

60
Shares

काठमाडौं । स्पेनिस फुटबल जायन्ट रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

गएराति सम्पन्न अन्तिम १६ को रोमाञ्चक भिडन्तमा रियलले इटालियन क्लब युभेन्ट्सलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। रियल मड्रिडका लागि खेलको निर्णायक क्षण दोस्रो हाफमा आयो। ५४औं मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै टिमलाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।

खेलभर रियलले केही राम्रा आक्रमणहरू गरे पनि गोलमा परिणत गर्न भने संघर्ष गर्नुपर्‍यो। उनीहरूले दर्जनभन्दा बढी अवसर सिर्जना गरे तापनि धेरै शटहरू गोलपोस्टको दिशा समाउन सकेनन्। युभेन्ट्सका गोलकिपर ग्रिगेरियोले उत्कृष्ट प्रदर्शन गर्दै रियललाई थप गोल गर्नबाट रोकिरहेका थिए।

दोसरी तर्फ युभेन्ट्सले पनि केही राम्रा मौका पाए तापनि ती अवसरलाई सदुपयोग गर्न असफल रहे।

अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बोरुसिया डर्टमुन्ड र मेक्सिकन क्लब मोन्टेरेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि