काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा विजयी बनेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्ति अनुसार, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी उपाधि जितेको नेपाली टोलीका प्रत्येक खेलाडी तथा अफिसियललाई जनही ५० हजार रुपैयाँ पुरस्कार स्वरूप दिइने निर्णय भएको…