१० श्रावण २०८३, आइतबार । July 26, 2026

कपिलवस्तुमा यात्रुबस दुर्घटना : २९ जना घाइते, तीनको अवस्था गम्भीर


२९ असार २०८२, आइतबार  

60
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा भएको यात्रुबस दुर्घटनामा २९ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस आइतबार बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले बसमा ३० जना यात्रु सवार रहेको र दुर्घटनामा परेर २९ जना घाइते भएको जानकारी दिए।

घाइते सबैको पहिचान भइसकेको छ। तत्काल उद्धार गरी उनीहरूलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा लगिएको र त्यहाँ उपचार सम्भव नभएका केहीलाई बुटवल रिफर गरिएको अधिकारीले बताए। डीएसपीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, २० जनाको मध्यम तथा ६ जनाको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन गरिएको छ। दुर्घटनाग्रस्त बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर