१ कार्तिक २०८३, आइतबार । October 18, 2026

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै


२९ असार २०८२, आइतबार  

42
Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा साविक विजेता बंगलादेशको सामना गर्दैछ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ ६:४५ बजे (पौने ७ बजे) सुरु हुने कार्यक्रम छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानलाई प्रभावशाली प्रदर्शन गर्दै ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै बंगलादेशले श्रीलंकामाथि ९–१ को विजय निकाल्दै आक्रामक सुरुआत गरेको छ।

यो खेल नेपालका लागि विशेष महत्वको छ, किनभने दुई वर्षअघि यही प्रतियोगिताको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। यसपटक नेपालले पुरानो हारको बदला लिँदै उपाधि दाबेदारी बलियो बनाउने लक्ष्य लिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले प्रतियोगिताअघि आयोजित पत्रकार सम्मेलनमा नेपाल उपाधिका लागि मैदान उत्रिने बताए।

उनले विगतको फाइनल हार सम्झिँदै यसपटक बंगलादेशलाई हराउने सुनौलो मौका रहेको उल्लेख गरे। हालसम्म नेपाल र बंगलादेशले समान ३ अंक जोडेका छन्, तर गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ। प्रतियोगिता डबल राउण्ड रोबिन फर्म्याटमा सञ्चालन भइरहेको छ, जसमा चार टोली सहभागी छन्।

अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले उपाधि जित्नेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि