एजेन्सी । कप्तान सावित्रा भण्डारी 'साम्बा' को शानदार ह्याट्रिकसहित नेपालको महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा श्रीलङ्कामाथि एकतर्फी प्रदर्शन गर्दै ८–० को फराकिलो जित हात पारेको छ। उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा सम्पन्न प्रतिस्पर्धामा नेपालले दोस्रो जितसँगै समूह चरणमा शतप्रतिशत अंक जोडेको छ। नेपालले यसअघि पहिलो खेलमा लाओसलाई ९–० ले पराजित…