काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धात्मक तर दुर्भाग्यपूर्ण हार व्यहोरेको छ। ढाकास्थित बसुन्धरा किङ्स एरेनामा सम्पन्न खेलमा नेपाल ३–२ ले पराजित भयो। पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याए पनि अन्तिम क्षणमा गोल खान पुग्दा जित गुमाउनु परेको हो। बंगलादेशका…