२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते


३२ असार २०८२, बुधबार  

21
Shares

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको छ।

नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गतको उक्त स्थानबाट उक्त दुर्घटना मंगलबार राति भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँतर्फ गइरहेको यूपी ३२ जेड एन ७८८३ नम्बरको ट्रकमा मेवा लोड गरिएको थियो। अचानक सन्तुलन गुमाएर ट्रक त्रिशूली नदीको किनारतिर खसेको जनाइएको छ।

दुर्घटनामा ट्रक चालक २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह सामान्य घाइते भएका छन्। दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

यसअघि पनि सोही स्थान त्रिशूली नदी नजिकै सन् २०२३ को असार २८ गते दुईवटा बस पहिरोसहित नदीमा खसेका थिए। ती दुई बसमा ६२ जना यात्रु सवार थिए, जसमा ३९ जना अझै पनि हराइरहेका छन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १० : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ