काठमाडौं । लगातारको उछालपछि सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । दुई सातादेखि निरन्तर बढीरहेको नेप्से सोमबार २० दशमलव ४६ अंकले घटेको हो । आज नेप्से २६६१ दशमलव ०९ विन्दुमा अडिएको छ । आज ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयरको खरिदबिक्रीमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार…