३ आश्विन २०८३, शनिबार । September 19, 2026

ग्लोबल टी–२० लिगः नेपालका कप्तान रोहित आबद्ध टोरन्टो नेसनलको पहिलो हार


१४ श्रावण २०८१, सोमबार  

1.1k
Shares

एजेन्सी । क्यानडामा जारी ग्लोबल टी–२० मा नेपालका रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले पहिलो हार व्यहोरेको छ ।

सर्रे जगुअर्स विरुद्धको खेलमा टोरन्टो ८० रनको अन्तरले पराजित भएको हो । जगुअर्सले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । जगुअर्सका कप्तान मार्कस स्टोइनिसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए । जवाफी ब्याटिङका टोरन्टोले ८१ रन मात्र जोड्न सक्यो । रोहितले पहिलो पटक ब्याटिङको मौका पाएका थिए ।

तर उनको प्रदर्शन बिर्सनलायक रह्यो । उनले २५ बल सामना गर्दा १० रन मात्र जोड्न सके । रोहित क्रिजमा आउँदा टोरन्टोले ७ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर ५७ रन जोडिसकेको थियो । तर रोहितले सुरूबाटै सुस्त ब्याटिङ गरेपछि रनरेटको दबाब बढ्यो । अर्को इन्डमा लगातार दुई विकेट गएकाले रोहित रक्षात्मक बन्न बाध्य भएका थिए ।

उनले एउटा पनि बाउन्ड्री लगाउन सकेनन् । १७ औँ ओभरमा सटोइनिसले रोहितसहित तीन ब्याट्सम्यानलाई शिकार बनाउँदै जगुअर्सलाई लज्जास्पद हार चखाए । टोरन्टोले यसअघि दुई खेल लगातार जितेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ