१ कार्तिक २०८३, आइतबार । October 18, 2026

ग्लोबल टी–२० लिगः नेपालका कप्तान रोहित आबद्ध टोरन्टो नेसनलको पहिलो हार


१४ श्रावण २०८१, सोमबार  

1.1k
Shares

एजेन्सी । क्यानडामा जारी ग्लोबल टी–२० मा नेपालका रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले पहिलो हार व्यहोरेको छ ।

सर्रे जगुअर्स विरुद्धको खेलमा टोरन्टो ८० रनको अन्तरले पराजित भएको हो । जगुअर्सले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । जगुअर्सका कप्तान मार्कस स्टोइनिसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए । जवाफी ब्याटिङका टोरन्टोले ८१ रन मात्र जोड्न सक्यो । रोहितले पहिलो पटक ब्याटिङको मौका पाएका थिए ।

तर उनको प्रदर्शन बिर्सनलायक रह्यो । उनले २५ बल सामना गर्दा १० रन मात्र जोड्न सके । रोहित क्रिजमा आउँदा टोरन्टोले ७ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर ५७ रन जोडिसकेको थियो । तर रोहितले सुरूबाटै सुस्त ब्याटिङ गरेपछि रनरेटको दबाब बढ्यो । अर्को इन्डमा लगातार दुई विकेट गएकाले रोहित रक्षात्मक बन्न बाध्य भएका थिए ।

उनले एउटा पनि बाउन्ड्री लगाउन सकेनन् । १७ औँ ओभरमा सटोइनिसले रोहितसहित तीन ब्याट्सम्यानलाई शिकार बनाउँदै जगुअर्सलाई लज्जास्पद हार चखाए । टोरन्टोले यसअघि दुई खेल लगातार जितेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि