एजेन्सी । प्रदर्शनकारीले कार्यालय घेरेपछि देश छाडेर हिँडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको शरणमा पुगेकी छन् । देश छाडेलगत्तै राजीनामा दिएकी उनी शरणको लागि भारत पुगेकी हुन् । बिबिसी बंगलाको रिपोर्ट अनुसार हसिना भारतको अगरतला शहरतर्फ जाँदैछिन् । पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकोप्टरमा बांग्लादेशको राजधानी ढाकाबाट प्रस्थान गरेको रिपोर्टहरूले जनाएका छन् ।…