एजेन्सी । बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने भएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुख वाकर युज जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख जमानले हिंसा अन्त्य गर्न आग्रह गरेका हुन् । सबै…