५ फाल्गुन २०८२, मंगलबार । February 17, 2026

प्रदेश विश्वविद्यालय निर्माणका लागि स्रोतको सुनिश्चतता हुन्छः मन्त्री खड्गी

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश विश्वविद्यालय निर्माण तथा सञ्चालनका लागि जग्गा अवलोकन गरेकी छन् । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडामा रहेको प्राथमिक विद्यालयको खाली ५ रोपनी जग्गाको मन्त्री खड्गीले अवलोकन गरेकी हुन् । हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयसंग प्राथमिक विद्यालय मर्ज भएसंगै उक्त जग्गा प्रयोगविहिन भएको थियो ।…