५ असार २०८३, शुक्रबार । June 19, 2026

काभा महिला भलिबल नेसन्स लिगः नेपाल आज सेमिफाइनलमा इरानसँग भिड्दै


२२ श्रावण २०८१, मंगलबार  

1.7k
Shares

काठमाडौं । जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने पहिलो सेमिफाइनल खेल अपरान्ह ३ बजे भारत र श्रीलंकाबीच हुँदैछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपरान्ह ५ः १५ बजेदेखि शुरु हुनेछ । यसअघि समूह चरणको खेलमा भारत १० अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौंथो हुँदै सेमिफाइनल खेल्दैछ । त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो । लिगमा व्यहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल आज सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दैछ ।

सोमबार माल्दिभ्समाथि सोझो सेटमा जित निकालेपछि नेपालले सेमिफाइनलमा इरानलाई प्रतिद्वन्द्वी पाएको हो । जितसँगै नेपालले लिगमा व्यहोरेको हारको बदला समेत लिने अवसर पाएको छ ।

लिगमा इरानसँग ३–२ ले पराजित हुँदा शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा