काठमाडौं । पाकिस्तानमा जारी चौथो संस्करणको दृश्टिविहिन टी-२० विश्वकप क्रिकेटमा नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । ६ टोलीको सहभागिता रहेको दृश्टिविहिन टी २० विश्वकपमा शनिबार लिग चरणका खेलहरु सकिएपछि सेमिफाइनलमा नेपालको स्थान सुरक्षित भएको हो । दृश्टिविहिनहरुको टी २० विश्वकप क्रिकेट अन्तर्गत यसअघि भएका तीन संस्करणमा नेपालले सहभागिता जनाएको थियो । तर, त्यसबखत…