काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ । विराटनगर किंग्सका मार्की प्लेयर सन्दीप लामिछानेले मंगलबार जर्सी सार्वजनिक गरेका हुन् । जर्सी सार्वजनिक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एनपीएलमा विराटनगर किंग्सले सफलता पाउने बताए । मुख्यमन्त्री कार्कीले खेलाडीको मनोबल बढाउन प्रदेश…