काठमाडौं । भारतको चर्चित एमएमए प्रतियोगिता ‘म्याट्रिक्स फाइट नाइट’ मा नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले ऐतिहासिक सफलता हात पार्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्। शनिबार राति सम्पन्न फाइनल म्याचमा उनले भारतका डिफेन्डिङ च्याम्पियन चोङरेङ कोरेनलाई तेस्रो राउन्डको ५४ सेकेन्डमा नकआउट गर्दै उपाधि आफ्नो नाममा लेखाए। रविन्द्र बान्टमवेट बेल्ट जित्ने पहिलो नेपाली फाइटर…