२० कार्तिक २०८३, शुक्रबार । November 6, 2026

सहकारी ठगी प्रकरणः रविलाई १ करोड धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दामा लामिछानेसँग रुपन्देही जिल्ला अदालतबाट हालसम्मकै सबैभन्दा धेरै धरौटी माग गरिएको हो । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार उनलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको हो ।…