४ असार २०८३, बिहिबार । June 18, 2026

विद्रोही अर्धसैनिक समूहको आक्रमणबाट सुडानमा ६८ जनाको मृत्यु, १९ जना घाइते


१३ माघ २०८१, आइतबार  

18
Shares

एजेन्सी । पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए’, सुडानी डाक्टर नेटवर्कले विज्ञप्तिमा जनाएको छ। यसैबीच, स्थानीय गैरसरकारी समूहले साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको पुष्टि गरेको छ।

आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्णरूपमा ध्वस्त भएको छ। डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गरे। ‘लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो’, मिनावीले शनिबार सोशल मिडिया प्लेटफर्म एक्समा बताए।

अन्तर्राष्ट्रिय संगठनका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएको छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा