४ असार २०८३, बिहिबार । June 18, 2026

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनः उपाध्यक्ष पदमा लोकराज भुसालको उम्मेदवारी किन ?


१२ माघ २०८१, शनिबार  

120
Shares

काठमाडौं । यहि माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ को सरगर्मि बढेको छ ।

विभिन्न पदका उम्मेदवारहरु आफ्नो जीत सुनिश्चित गर्न दौडधुपमा छन् । यस्तैमा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) का संस्थापक एवं पूर्वअध्यक्ष समेत रहेका लोकराज भुसाल समेत चुनावी प्रतिष्पर्धामा होमिएका छन् ।

उपाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका भुसालले परिषद्मा आवद्ध सबै प्राविधिक पेशाकर्मीहरुको हित, क्षमता विकास र पेशागत मर्यादालाई उच्च राख्दै नेपालका पशुपन्छि र मत्स्य क्षेत्रको विकासका लागि समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यस्ता छन् उपाध्यक्ष पदका उम्मेदवार भुसालका चुनावी एजेण्डा

१.पेशागत मर्यादा, दक्षता र सामाजिक सुरक्षाको सुनिश्चितता,

२. पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास र आर्थिक समृद्धि,

३. प्राविधिक क्षमता विकासमार्फत गुणस्तरीय र जवाफदेही सेवा प्रवाह,

४. सरोकारवालाबीच सहयोग र सहकार्यद्वारा मैत्रीपूर्ण वातावरणको सिर्जना,

५. काउन्सिललाई अन्तर्राष्ट्रिय मञ्च मान्यताको निम्ती

उपाध्यक्ष पदका उम्मेदवार भुसाल नेभ्लामा २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छन् । हाल उनी नेभ्लाको सल्लाहकार समेत हुन् ।

पेशाकर्मीहरुको ३५ बर्षको निरन्तर प्रयास र योगदानबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन लागू भएको र सोही ऐनका आधारमा परिषद् गठन भई यसको प्रभावकारी कार्यान्वयनका लागि तदर्थ समितिमा सदस्यको रुपमा आफुले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको भुसालको दाबी छ ।

साथै पशुसेवा क्षेत्रको समग्र विकास र समृद्धिको उद्देश्य पूरा गर्ने यात्रामा आफू सँधै तत्पर रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा