१ आश्विन २०८३, बिहिबार । September 18, 2026

इङ्ल्यान्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा पनि भारत विजयी


१३ माघ २०८१, आइतबार  

561
Shares

काठमाडौं । भारतले इङ्ग्ल्यान्डलाई दोस्रो टी–२० क्रिकेटमा पनि पराजित गरेको छ ।

शनिबार साँझ चेन्नाईमा भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्यान्डलाई २ विकेटले पराजित गरेको हो । भारतको जितमा तिलक वर्मा नायकले ७२ रनको शानदार अविजित इनिङ खेले । टस हारेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डका लागि कप्तान जोस बटलरले सर्वाधिक रन बनाए । उनले ४५ रनको इनिङ खेले । यस्तै ब्रेडेन कार्सले ३१ रन बनाए । भारतका लागि अक्षर पटेल र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको भारतले १९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन बनाउँदै लक्ष्य भेट्टायो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ