१३ असार २०८३, शनिबार । June 28, 2026

नाइजेरियामा पेट्रोल ट्याङ्कर विष्फोट, कम्तिमा ९८ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले शनिबार उत्तर–मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्याङ्कर पल्टिएको बताए । मानिसहरू इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो ।…